नियम ३८क
मन्त्रालयले काम काज गर्न खटाउन सक्ने
सेवाको कुनै समूहको एघारौं तहको पदमा
कार्यरत अधिकृत कर्मचारीले अन्य समूहको लागि आवश्यक पर्ने शैक्षिक योग्यता हासिल
गरे पश्चात् एघारौं तहमा तीन वर्ष सेवा अवधि पूरा गरेका भएमा निजलाई मन्त्रालयले
त्यस्तो समूहको एघारौं तहको रिक्त पदमा खटाई कामकाज गराउन सक्नेछ ।